सभापतिले असन्तुष्ट पक्षलाई समेट्नुपर्‍यो : शशांक कोइराला

हिमाल प्रेस ९ जेठ २०८३ २०:२६ | Saturday, May 23, 2026
10
SHARES
सभापतिले असन्तुष्ट पक्षलाई समेट्नुपर्‍यो : शशांक कोइराला

काठमाडौँ– नेपाली कांग्रेसका नेता एवं पूर्वमहामन्त्री शशांक कोइरालाले पार्टीभित्रका असन्तुष्ट पक्षलाई समेटेर लैजानुपर्नेमा जोड दिएका छन्।

नेपाली कांग्रेस बृहत एकता र भावि कार्यदिशाको लागि गण्डकी प्रदेशस्तरीय भेला एवं विचार गोष्ठीलाई शनिबार पोखरामा सम्बोधन गर्दै नेता कोइरालाले भने, ‘पार्टी बलियो भयो भने हामी बच्छौँ, पार्टी कमजोर भए हामी झनै कमजोर हुँदै जान्छौँ।’
आफूलाई कुनै पद नचाहिएको भन्दै उनले पार्टी एकतामाथि जोड दिए।

‘मलाई कुनै पद चाहिँदैन पार्टी एक हुनुपर्‍यो,’ कोइरालाले भने, ‘पार्टी सभापतिले विचार, कर्तव्य र आचरणले पार्टीलाई एक ढिक्का बनाउनुपर्छ।’

बीपी कोइरालाले त्यति बेला आफू प्रधानमन्त्री नभई सुवर्णलाई प्रधानमन्त्रीको प्रस्ताव राखेको उदाहरण दिँदै नेता कोइरालाले गगनकुमार थापा हतारिएर विशेष महाधिवेशनबाट सभापति भएको टिप्पणी गरे।

कांग्रेसका पूर्वकेन्द्रीय सदस्य किरण पौडेलले पार्टीभित्र एकताको आवश्यकता महसुस भएको बताउँदै एक्कासी विशेष महाधिवेशन गर्नु गलत भएको बताए।

पूर्वकेन्द्रीय सदस्य एवं पूर्वमन्त्री सरस्वती अर्यालले पार्टीभित्रका दूरदर्शी नेतालाई पन्छाएर पार्टी सभापति गगनकुमार थापा अगाडि जान नमिल्ने बताउँदै पार्टीका सबै नेतालाई समेटेर लान आग्रह गरिन्।

प्रकाशित: ९ जेठ २०८३ २०:२६ | Saturday, May 23, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

3 × two =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast