काभा महिला भलिबल : नेपालसँग कीर्गिस्तान पराजित

हिमाल प्रेस ९ जेठ २०८३ २०:०६ | Saturday, May 23, 2026
24
SHARES
काभा महिला भलिबल : नेपालसँग कीर्गिस्तान पराजित

काठमाडौँ– काभा महिला भलिबल च्याम्पियनसिपमा नेपालले पहिलो जित निकालेको छ।

त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद्को कभर्ड हलमा शनिबार भएको खेलमा कीर्गिस्तानलाई ३–० को सोझो सेटमा पराजित गर्दै नेपालले पहिलो जित निकालेको हो।

नेपालले पहिलो सेट २५–१८, दोस्रो सेटमा २५–२० र तेस्रो सेट २५–१३ ले जितेको थियो। जितसँगै समूह ए मा नेपाल ४ अंकसहित दोस्रो स्थानमा पुगेको छ भने ५ अंकसहित शीर्ष स्थानमा रहेको भारत सेमिफाइनल प्रवेश गरेको छ।

त्यस्तै शनिबार नै भएको खेलमा भारतले माल्दिभ्सलाई ३–० को सोझो सेटमा हराएको छ। भारतले माल्दिभ्सलाई २५–९,२५–१४ र २५–१७ को सोझो सेटमा पराजित गरेको हो।

शनिबारको अर्को खेलमा कजाकस्तानले श्रीलंकामाथि सोझो सेटमा जित निकाल्न सफल भयो। खेलमा कजाकस्तानले २५–९,२५–१८ र २५–१५ ले विजयी भएको हो। प्रतियाेिगताअन्तर्गत आइतबार नेपालले माल्दिभ्ससँग खेल्नेछ।

प्रतियोगितामा उज्बेकिस्तान, किर्गिस्तान, ताजकिस्तान, कजाखस्तान, भारत, माल्दिभ्स, श्रीलंका र नेपालले सहभागिता जनाएका छन्।

दुवै समूहको शीर्ष दुई टोली सेमिफाइनल प्रवेश गर्नेछन्। फाइनल खेल जेठ १५ गते हुने नेपाल भलिबल संघले जनाएको छ।

प्रकाशित: ९ जेठ २०८३ २०:०६ | Saturday, May 23, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

two × one =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast