मण्डला नाट्यशालाले १८ महिने आवासीय नाट्य प्रशिक्षण कार्यक्रम सुरु गर्दै

हिमाल प्रेस ९ जेठ २०८३ ९:०२ | Saturday, May 23, 2026
6
SHARES
मण्डला नाट्यशालाले १८ महिने आवासीय नाट्य प्रशिक्षण कार्यक्रम सुरु गर्दै

काठमाडौँ- मण्डला नाट्यशालाले १८ महिने आवासीय नाट्य प्रशिक्षण कार्यक्रम सुरु गर्न लागेको हो। ‘मण्डला ड्रामा स्कुल (एमडीएस)’ को तेस्रो ब्याचका लागि नाट्यशालाले देशभर खुला आवेदन आह्वान गरेको छ। युरोपियन युनियनको सहयोगमा उक्त प्रशिक्षण कार्यक्रम सुरु हुने मण्डला नाट्यशालाले जनाएको छ। प्रशिक्षणमा सहभागीहरूले अभिनय, निर्देशन, नाटक लेखन, सहभागितामूलक रङ्गमञ्च, प्राविधिक पक्ष तथा उत्पादन प्रक्रियासम्बन्धी अभ्यास गराइने मण्डलाको प्रेस विज्ञप्तिमार्फत जानकारी दिएको छ।

‘रिक्लेमिङ एड्भोकेसी थ्रु न्यारेटिभ्स, डिबेट्स, ग्रासरुट थिएटर एण्ड आट्र्स (रङ)’ परियोजनाअन्तर्गत यो कार्यक्रम अगाडि बढाइएको हो।

समावेशीमूलक सहभागितामा जोड दिँदै नेपालका सातै प्रदेशबाट प्रत्येक प्रदेशमा दुई जनाका दरले १४ जना सहभागी गराइने आयोजकले जनाएको छ। छनोटका क्रममा महिला, दलित, जनजातिलगायत सीमान्तकृत समुदायलाई प्राथमिकता दिइने पनि विज्ञप्तिमा उल्लेख गरिएको छ।

प्रशिक्षणमा सहभागी भएपछि सहभागीले नेपाल अन्तरराष्ट्रिय नाट्य महोत्सव (निटफेस्ट) २०२८ मा मञ्चन गर्ने अवसरसमेत पाउनेछन् । यही जेठ १२ गतेसम्म आवेदन दिन सकिने छ।

प्रकाशित: ९ जेठ २०८३ ९:०२ | Saturday, May 23, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

two × two =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast