पोडकाष्टमा अश्लील बोल्ने ३ कमेडियन पक्राउपछि रिहा

हिमाल प्रेस ९ जेठ २०८३ ८:५५ | Saturday, May 23, 2026
6
SHARES
पोडकाष्टमा अश्लील बोल्ने ३ कमेडियन पक्राउपछि रिहा

काठमाडौँ- पोडकाष्टमा अश्लील शब्द प्रयोग गरेको भन्दै प्रहरीले उत्सव सापकोटा, विशाल गौतम र सजन श्रेष्ठलाई सचेत गराएको छ । सजन श्रेष्ठले सञ्चालन गरेको ‘द लास्ट क्वेश्चन’ नामको पोडकाष्टमा सापकोटा र गौतमले अश्लील शब्द बोलेको भिडियो प्रसारण भएको थियो ।

सञ्चालक र कुराकानीमा संलग्नहरुलाई बोलाएर सचेत गराइएको साइबर ब्यूरोका एसपी दिलीप कुमार गिरीले बताए । उनले भने, ‘केही दिन अघि उहाँलाई नियन्त्रणमा लिएर अबदेखि त्यस्ता शब्द प्रयोग नगर्ने गरी कागज गरेर छाडेका छौँ ।’

युट्युबमा प्रसारित ‘उत्सव सापकोटा एण्ड विशाल गौतम इन द लास्ट क्वेश्चन’ नामको शृङ्खलामा प्रहरीविरुद्ध अश्लील शब्द प्रयोग गरिएको एसपी गिरीले बताए । जेठ ५ मा भोटाहिटीस्थित साइबर ब्यूरोमा उनीहरूले पोडकाष्टमा अश्लील शब्द प्रयोग गरेकोमा प्रहरीसँग माफी मागेका छन् ।

 

प्रकाशित: ९ जेठ २०८३ ८:५५ | Saturday, May 23, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

thirteen − six =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast