शिक्षा मन्त्रालयद्वारा ७६० शैक्षिक परामर्शदातृ संस्थाको नवीकरण सूची सार्वजनिक

हिमाल प्रेस ८ जेठ २०८३ १४:३८ | Friday, May 22, 2026
182
SHARES
शिक्षा मन्त्रालयद्वारा ७६० शैक्षिक परामर्शदातृ संस्थाको नवीकरण सूची सार्वजनिक

काठमाडौँ- शिक्षा तथा खेलकुद मन्त्रालय, शैक्षिक परामर्श तथा प्रमाणीकरण शाखाले आर्थिक वर्ष २०८२/०८३ का लागि नवीकरण भएका ७६० शैक्षिक परामर्शदातृ संस्थाहरूको सूची सार्वजनिक गरेको छ।

मन्त्रालयबाट स्वीकृति प्राप्त संस्थाहरूमध्ये हालसम्म नवीकरण भएका ७६० संस्थाहरूको नामावली मिति २०८३/०२/०६ को सचिवस्तरीय निर्णयअनुसार प्रकाशित गरिएको हो।

मन्त्रालयले सेवाग्राहीहरूलाई शैक्षिक परामर्श तथा अन्य सम्बन्धित सेवा लिँदा प्रकाशित सूचीमा रहेका वैध संस्थाहरूबाट मात्र सेवा लिन आग्रह गरेको छ। सम्बन्धित संस्थाहरूलाई स्वीकृत सेवाको दायराभित्र रहेर सेवा सञ्चालन गर्न निर्देशन दिइएको छ।

मन्त्रालयले यस सूचनामार्फत शैक्षिक परामर्श क्षेत्रमा पारदर्शिता र नियमन सुनिश्चित गर्ने उद्देश्य राखेको जनाएको छ।

सूची

प्रकाशित: ८ जेठ २०८३ १४:३८ | Friday, May 22, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

1 × four =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast