प्रधानमन्त्री छिटै सदनमा आएर जवाफ दिनुहुन्छ : रवि लामिछाने

हिमाल प्रेस ७ जेठ २०८३ १९:३२ | Thursday, May 21, 2026
12
SHARES
प्रधानमन्त्री छिटै सदनमा आएर जवाफ दिनुहुन्छ : रवि लामिछाने

काठमाडौँ- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछानेले प्रधानमन्त्री छिटै सदनमा आएर उठेका प्रश्नको जवाफ दिने बताएका छन्।

बिहीबार संसद भवन सिंहदरबारमा सञ्चारकर्मीसँग कुरा गर्दै सभापति लामिछानेले प्रधानमन्त्री छिटै सदनमा आउने र यसको जानकारी पनि छिटै हुने बताएका हुन्।

प्रधानमन्त्री संसदमा आउँदा तपाईँलाई दवाव बढेको हो भन्ने सञ्चारकर्मीको प्रश्नमा लामिछानेले आफूलाई कुनै दबाब नभएको बताए। उनले जनताको अपेक्षा अनुसार सरकारले काम गरोस् भन्ने दबाब भने आफूलाई हुने गरेको उल्लेख गरे।

सभापति लामिछानेले महाधिवेशनमा पार्टी होमिएको र महाधिवेशनमार्फत पार्टीलाई ठीक ढंगले अघि लिएर जाने धारणा राखे।

प्रकाशित: ७ जेठ २०८३ १९:३२ | Thursday, May 21, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

nineteen + thirteen =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast