काठमाडौँ- विपक्षी सांसदहरूले प्रधानमन्त्री वालेन्द्र शाह (बालेन) उपस्थित हुनुपनर्ने माग गर्दै बिहीबार प्रतिनिधिसभा बैठक अवरुद्ध गरेका छन्।
विपक्षी नेपाली कांग्रेस, एमाले, नेकपा, श्रम संस्कृति लगायतका दलले प्रधानमन्त्रीले सदनमा उठेका जबाफको उत्तर दिनुपर्ने माग गर्दै बैठक अवरुद्ध गरेका हुन्। उनीहरूले बैठकमा प्रधानमन्त्री उपस्थित नभएसम्म सदनको गतिविधि अघि बढ्न नसक्ने बताएका छन्।
प्रधानमन्त्रीले नियमावली उल्लंघन गरेको आरोप उनीहरूको छ। प्रधानमन्त्रीले नियम उल्लंघन गरेर संसदीय मर्यादा भुलेको पनि उनीहरूले बताएका छन्।
प्रकाशित: ७ जेठ २०८३ १४:४२ | Thursday, May 21, 2026
प्रतिक्रिया




