सुनको भाउ १८०० ले बढ्यो

हिमाल प्रेस ७ जेठ २०८३ ११:११ | Thursday, May 21, 2026
12
SHARES
सुनको भाउ १८०० ले बढ्यो

काठमाडौँ- नेपाली बजारमा सुनचाँदीको मूल्य बढेको छ। आज सुन तोलामा १ हजार ८०० रुपैयाँले र चाँदी तोलामा ९० रुपैयाँले बढेको हो। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बिहीबार सुन प्रतितोला २ लाख ९३ हजार ८०० रुपैयाँ कायम भएको छ। बुधबार सुन प्रतितोला २ लाख ९२ हजार रुपैयाँमा कारोबार भएको थियो।

बिहीबार चाँदी प्रतितोला ५ हजार ५० रुपैयाँ कायम भएको महासंघले जनाएको छ। बुधबार चाँदी प्रतितोला ४ हजार ९६० रुपैयाँमा कारोबार भएको थियो। नेपालमा अन्तर्राष्ट्रिय बजारका आधारमा सुनचाँदीको मूल्य निर्धारण गर्ने गरिएको छ।बिहीबार अन्तर्राष्ट्रिय बजारमा सुन प्रतिऔंस ४ हजार ५३६.६८ अमेरिकी डलर र चाँदी ७५.६३ अमेरिकी डलरमा कारोबार भइरहेको छ।

प्रकाशित: ७ जेठ २०८३ ११:११ | Thursday, May 21, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

two × 3 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast