परराष्ट्रमन्त्री पौड्यालले श्रीलंकामा उच्चस्तरीय भेटवार्ता गर्ने

हिमाल प्रेस १८ माघ २०७९ ८:१८
4
SHARES
परराष्ट्रमन्त्री पौड्यालले श्रीलंकामा उच्चस्तरीय भेटवार्ता गर्ने फाइल तस्बिर। रासस

काठमाडौँ- परराष्ट्रमन्त्री डा विमला राई पौड्यालले श्रीलंकामा उच्चस्तरीय भेटवार्ता गर्ने भएकी छन्।

श्रीलंकाको ७५औँ स्वतन्त्रता दिवसको अवसरमा कोलोम्बोमा हुने विशेष कार्यक्रमको अतिथिका रूपमा सहभागी हुन उनी यही माघ २० र २१ गते त्यसतर्फ जाँदैछिन्।

त्यहाँ उनले आफ्ना समकक्षीसँगै राष्ट्रपति र प्रधानमन्त्रीसँग शिष्टाचार भेट गर्ने परराष्ट्र मन्त्रालयले जनाएको छ।
उनले माघ २० गते कोलम्बोमा आफ्ना समकक्षी अली साब्रीसँग भेटवार्ता गर्नेछिन्।

यसैगरी, स्वतन्त्रता चोकमा राष्ट्रपतिको सचिवालयले आयोजना गर्ने सांस्कृतिक महोत्सव ‘लंकारालंका’मा उनी सहभागी हुने कार्यक्रम छ। परराष्ट्रमन्त्री पौड्यालले माघ २१ गते श्रीलंकाका राष्ट्रपति र प्रधानमन्त्रीसँग शिष्टाचार भेट गर्नेछिन् । राष्ट्रपतिले उनको स्वागतमा राष्ट्रपति भवनमा विशेष समारोह आयोजना गर्नेछन्।

पर्सि बिहीबार त्यसतर्फ प्रस्थान गर्ने परराष्ट्रमन्त्री पौड्याल माघ २५ गते काठमाडौँ फर्कने छिन्।

 

प्रकाशित: १८ माघ २०७९ ८:१८

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

nineteen + nine =