अवैध लागूऔषधसहित चार पक्राउ

हिमाल प्रेस १८ माघ २०७९ ८:०६
2
SHARE
अवैध लागूऔषधसहित चार पक्राउ सांकेतिक तस्बिर।

दार्चुला- अवैध लागू पदार्थसहित कपडा उद्योग सञ्चालक पक्राउ परेका छन्। पक्राउ पर्नेमा दार्चुला नौँगाड गाउँपालिका –२ घर भई कैलाली धनगढी उपमहानगरपालिका–३ चटकपुरस्थित गौरीशंकर अल्लो कपडा उद्योगका संचालक ३४ वर्षीय नरेन्द्रसिंह धामीसहित ४ रहेका छन्।

उनीहरूको साथबाट अवैध लागूऔषध चरेश ११ किलो ९ सय ग्रामसहित मंगलबार दिउँसो प्रहरीले पक्राउ गरेको छ।

विशेष सूचनाको आधारमा प्रदेश प्रहरी कार्यालय धनगढी र जिल्ला प्रहरी कार्यालय कैलालीबाट खटिएको संयुक्त टोलीले उद्योग तलासी गर्दा उक्त परिमाणको लागूऔषध र डिजिटल काँटा १ थान फेलापारी उनीहरूलाई पक्राउ गरेको कैलाली प्रहरीले जनाएको छ। त्यसबारे थप अध्ययन जारी रहेका प्रहरीको भनाइ छ।

प्रकाशित: १८ माघ २०७९ ८:०६

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

twelve + 14 =