सुकुमबासीलाई मासिक १५ हजार दिने निर्णयमा एमालेको आपत्ति

हिमाल प्रेस ६ जेठ २०८३ १२:०५ | Wednesday, May 20, 2026
2
SHARE
सुकुमबासीलाई मासिक १५ हजार दिने निर्णयमा एमालेको आपत्ति

काठमाडौँ- नेकपा एमालेले सुकुमबासीको बास भत्काएर मासिक १५ हजार दिने निर्णयमा आपत्ति जनाएको छ।

एमाले सांसद गुरु बरालले प्रतिनिधिसभाको जारी बैठकमा यो विषय उठाएका हुन् । बसिरहेको स्थानबाट उठाएपछि स्थायी बसोबासको व्यवस्था गर्नुपर्ने सरकारले अस्थायी बसोबासको लागि भन्दै २५ हजार दिने निर्णय गर्नु अमानवीय रहेको सांसद बरालले बताए ।

उनले ५ जना सदस्य भएको परिवारलाई जेठ, असार र साउन ३ महिनाका लागि १५००० दिने निर्णयले एक जनालाई दिनको १०० रुपैयाँ हुने बताए । सँगै उनले १०० रुपैयाँले एक दिनलाई पुग्छ कि पुग्दैन भनेर प्रश्न गरे ।

 

प्रकाशित: ६ जेठ २०८३ १२:०५ | Wednesday, May 20, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

8 − 6 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast