कतिलाई पर्‍यो टक्सार पिखुवा खोला हाइड्रोपावरको आईपीओ?

हिमाल प्रेस ६ जेठ २०८३ ११:५४ | Wednesday, May 20, 2026
6
SHARES
कतिलाई पर्‍यो टक्सार पिखुवा खोला हाइड्रोपावरको आईपीओ?

काठमाडौँ- टक्सार पिखुवा खोला हाइड्रोपावरको आईपीओ आज बाँडफाँट भएको छ। कम्पनीको बिक्री प्रबन्धक प्रभु क्यापिटलको कार्यालयमा भएको बाँडफाँटमा दुई लाख ५१ हजार ४५४ आवेदकले १० कित्ताका दरले सेयर पाएका छन्।

बाँडफाँटमा बाँकी रहेको ५ कित्ता सेयर सोही लगानीकर्तालाई बाँडफाँट गर्दा ५ जना लगानीकर्ताले भने थप एक कित्ता गरी कुल ११ कित्ता सेयर पाएका छन्। उक्त आईपीओमा कुल २९ लाख ४८ हजार नौ सय ६६ जनाबाट तीन करोड ३७ लाख ४६ हजार २०० कित्ता सेयरका लागि आवेदन परेको थियो।

सो २७ लाख ७१ हजार दुई सय ५२ आवेदन स्वीकृत भएको छ भने बाँकी आवेदन रद्द भएको बिक्री प्रबन्धकको भनाइ छ। कम्पनीले वैशाख २३ गतेदेखि वैशाख २८ गतेसम्म सर्वसाधारणहरूका लागि उक्त आइपिओ बिक्री गरेको थियो।

कम्पनीले प्रतिकित्ता १०० रुपैयाँ अंकित मूल्यका २५ करोड १५ लाख ४५ हजार ५०० रुपैयाँ बराबरको २५ लाख १५ हजार ४५५ कित्ता सेयर सर्वसाधारणका लागि निष्कासन गरेको थियो।

प्रकाशित: ६ जेठ २०८३ ११:५४ | Wednesday, May 20, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

five × two =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast