दोस्रो दिन पनि सेयर बजारमा गिरावट

हिमाल प्रेस ५ जेठ २०८३ १६:०५ | Tuesday, May 19, 2026
14
SHARES
दोस्रो दिन पनि सेयर बजारमा गिरावट

काठमाडौँ– धितोपत्र बजारमा सेयर कारोबार मापन नेप्से परिसूचक मंगलबार पनि आरोलो लागेको छ। नेपाल स्टक एक्सचेन्जका अनुसार कारोबार मापक नेप्से परिसूचक ६.५१ अंकले ओरालो लागेर दुई हजार ७२४ दशमलव ३९ मा सीमित भएको छ।

साताको पहिलो कारोबार दिन सोमबार पनि नेप्सेमा एक दशमलव शून्य तीन अंकले ओरालो लागेर दुई हजार सात सय ३० दशमलव ९१ मा सीमित भएको थियो। मंगलबार ठूला कम्पनीको कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक शून्य दशमलव ६८ अंकले ओरालो लागेर ४६७ दशमलव ३७ मा सीमित भएको छ। कुल ३४६ कम्पनीको ७८ लाख १६ हजार ४७८ कित्ता सेयर तीन अर्ब आठ करोड ७७ लाख ३० हजार ९६२ मूल्यमा खरिदबिक्री भएको छ।

नेप्सेका अनुसार सिटी होटल, साहस ऊर्जा, आँखु खोला जलविद्युत् कम्पनी, कर्पोरेट डेभलपमेन्ट बैंक र एसवाई नेपाल लिमिटेड कारोबारका आधारमा शीर्ष स्थानमा रहेको छ।

यसैगरी कर्पोरेट डेभलपमेन्ट बैंक, नेपाल रिपब्लिक मिडिया, दार्माखोला हाइड्रो इनर्जी, ग्लोबल आइएमई ब्यालेन्स फन्ड पहिलो र नेपाल एसबीआई बैंकको ऋणपत्रका लगानीकर्ताले कमाएका छन्।

सिटी होटल, थ्री स्टार हाइड्रोपावर, प्रभु बैंकको ऋणपत्र २०८७, झापा इनर्जी र केबीए डिबेन्चरका लगानीकर्ताले भने गुमाएका छन्।

प्रकाशित: ५ जेठ २०८३ १६:०५ | Tuesday, May 19, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

4 + twelve =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast