नेपाल बारद्वारा लालटिन बालेर प्रदर्शन

हिमाल प्रेस ५ जेठ २०८३ १५:११ | Tuesday, May 19, 2026
14
SHARES
नेपाल बारद्वारा लालटिन बालेर प्रदर्शन

काठमाडौँ- सर्वोच्च अदालत प्रशासनले न्यायिक प्रक्रियामा अवरोध सिर्जना गरेको भन्दै नेपाल बार एसोसिएसनले लालटिन बालेर विरोध प्रदर्शन गरेको छ।

संवैधानिक महत्वका रिट निवेदन दर्ता नगरी सर्वोच्च प्रशासनले न्यायिक प्रक्रियामा अवरोध सिर्जना गरेको भन्दै नेपाल बारले दिउँसै लालटिन बालेर विरोध प्रदर्शन गरेको हो।

विरोध प्रदर्शनमा उत्रिएका कानुन व्यवसायीहरुले न्यायको खोजी, स्वच्छ प्रक्रियाको खोजी लेखिएका प्लेकार्ड प्रदर्शन गरेका थिए। नेपाल बार एसोसिएसनका अध्यक्ष प्रा. डा. विजयप्रसाद मिश्रले सबैका लागि खुला हुनुपर्ने अदालतभित्रै मुद्दा दर्ता नगर्ने, अल्झाएर राख्ने कामको सदैव बारले विरोध गर्ने बताए।

विगत केही समयदेखि संवैधानिक महत्वका विभिन्न रिट निवेदनहरू सर्वोच्च अदालत प्रशासनबाटै दर्ता नगरी फर्काइएको र त्यसविरुद्ध परेका निवेदनसमेत लामो समयसम्म दर्ता नगरी न्यायमार्गमा अवरोध सिर्जना गरिएको बारको आरोप छ।

यसैगरी, अदालतमा विचाराधीन रहेका विषयमा संसद्मा छलफल भएको प्रति पनि बारले कडा आपत्ति जनाएको छ।

प्रकाशित: ५ जेठ २०८३ १५:११ | Tuesday, May 19, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

7 + 17 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast