विकास मानन्धरको गीत ‘पिरती’को भिडियो सार्वजनिक

हिमाल प्रेस ५ जेठ २०८३ १३:५९ | Tuesday, May 19, 2026
8
SHARES
विकास मानन्धरको गीत ‘पिरती’को भिडियो सार्वजनिक

काठमाडौँ- गायक विकास मानन्धरको गीत ‘पिरती’को भिडियो सार्वजनिक गरिएको छ । गीतमा गायक विकासकै शब्द र संगीत छ भने उनलाई स्वरमा गायिका रेइशा मिश्रले साथ दिएकी छन् । गीतमा तास स्टुडियोको मिक्सिङ र मास्टरिङ छ भने गीतलाई बिजेश्वर राज तण्डुकारले एरेन्ज गरेका हुन् ।

विकासकै युट्यब च्यानलबाट सार्वजनिक गीतको भिडियोमा आकांक्षा जोशी र विजेन मगरको अभिनय छ । गीतमा आकांक्षा र विजेनको रोमान्टिक भावलाई देखाइएको छ । कालिन्चोकको सुन्दर लोकेसनमा छायांकन गरिएको गीतको भिडियोमा विजेन र आकांक्षालाई मायाका कुरा गर्दै घुमिरहेको देख्न सकिन्छ ।
गायक विकासले गीतले दुई मुटुको शान्त प्रेमलाई प्रस्तुत गरेको बताए । उनले यसअघि ‘मन’बोलको गीतको भिडियो सार्वजनिक गरिसकेका छन् ।

भिडियोमा सजन कट्टेलको निर्देशन, सौरभ लामाको छायांकन, रामप्रसाद चौधरीको सम्पादन, रेनिस फागोको कलर ग्रेडिङ, समीर मियाँ र सत्यम रानाको भीएफएक्स छ । नेपालको मकवानपुरस्थित हेटौडा घर भएका विकास हाल अष्ट्रेलियाको ब्रिसबेनमा बस्दै आएका छन् । उनको यो गीत युट्युब र स्पोटिफाई, एप्पल म्युजिक, अमेजन, युट्युब म्युजिकजस्ता संगीत प्लेटफर्महरूमा उपलब्ध छ ।

प्रकाशित: ५ जेठ २०८३ १३:५९ | Tuesday, May 19, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

thirteen − ten =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast