काठमाडौँ- संसदीय सुनुवाइ समितिले प्रधान न्यायाधीश पदका लागि प्रस्तावित व्यक्तिको सुनुवाइ तालिका सार्वजनिक गरेको छ।
समितिको आजको निर्णयअनुसार प्रस्तावित व्यक्तिको संसदीय सुनुवाइ गर्ने कार्यक्रम तय गरिएको हो। संसदीय सुनुवाइ समितिको कार्यविधि, २०८३ को दफा १९ बमोजिम सुनुवाइ प्रक्रिया अघि बढाइने जनाइएको छ।
समितिले संवैधानिक परिषद्को सचिवालय, सिंहदरबारलाई पत्राचार गर्दै सुनुवाइ बैठकमा प्रस्तावित व्यक्तिको उपस्थितिका लागि आवश्यक व्यवस्था मिलाउन अनुरोध गरेको छ।
समितिका सचिव (तुलबहादुर कँडेल) काअनुसार प्रस्तावित प्रधान न्यायाधीश डा.मनोज कुमार शर्मा को सुनुवाइ आज १:३० बजे हुने तय गरिएको छ। सुनुवाइ कार्यक्रम सार्वजनिक लेखा समितिको सभाकक्ष, भवन नं. १, कोठा नं. ४११ मा हुने बताइएको छ।

प्रकाशित: ५ जेठ २०८३ १२:२७ | Tuesday, May 19, 2026
प्रतिक्रिया




