लैंगिक तथा यौनिक अल्पसङ्ख्यक समुदायका अधिकार कार्यान्वयन गर्न सांसद श्रेष्ठको माग

हिमाल प्रेस ४ जेठ २०८३ १०:५२ | Monday, May 18, 2026
16
SHARES
लैंगिक तथा यौनिक अल्पसङ्ख्यक समुदायका अधिकार कार्यान्वयन गर्न सांसद श्रेष्ठको माग

काठमाडौँ- सांसद भूमिका श्रेष्ठले लैंगिक तथा यौनिक अल्पसङ्ख्यक समुदायको हकअधिकार सुनिश्चित गर्न आवश्यक कानुन निर्माणमा ढिलाइ भएको भन्दै संसद् र सरकारको ध्यानाकर्षण गराएकी छन्।

प्रतिनिधिसभा बैठकको शून्य समयमा बोल्दै राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद श्रेष्ठले संविधानले सुनिश्चित गरेका अधिकार कार्यान्वयनका लागि आवश्यक ऐन तथा कानुन अझै निर्माण हुन नसक्नु विडम्बनापूर्ण भएको बताइन्।

उनले पहिचान, मानवीय व्यवहार र न्यूनतम सुरक्षाबिनाको जीवन कति पीडादायी हुन्छ भन्ने प्रश्न उठाउँदै दशकौँदेखि ओझेलमा परेको लैंगिक तथा यौनिक अल्पसङ्ख्यक समुदायको आवाज संसद्मा उठाएको बताइन्।

‘जन्मँदा बहिष्कार र मृत्यु हुँदा समेत तिरस्कार खेप्न बाध्य समुदायको प्रतिनिधित्व गरिरहेकी छु, मानव भएर बाँच्न पाउने अधिकार सुनिश्चित हुनुपर्छ,’  उनले भनिन्।

सांसद श्रेष्ठले सरकारले आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रममा लैंगिक तथा यौनिक अल्पसङ्ख्यक समुदायको सशक्तीकरणलाई प्राथमिकतामा राखेको विषयको स्वागत पनि गरिन्।

प्रकाशित: ४ जेठ २०८३ १०:५२ | Monday, May 18, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

eleven + 4 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast