काठमाडौँ- सुन्धारास्थित केन्द्रीय कारागार ब्रेक गरी फरार सपना तामाङ पक्राउ परेकी छन्। उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले काठमाडौंको न्युरोडबाट गएराति तामाङलाई पक्राउ गरेको हो। कार्यालयका एसएसपी सन्तोष खड्काले लुकिछिपि बसेको अन्वस्थामा उनलाई पक्राउ गरिएको जानकारी दिए।
उनी काठमाडौंको सुन्धारास्थित केन्द्रीय कारागारबाट भागेकी थिइन्। शनिबार बिहान साढे १ बजे उनी कारागारको पर्खाल नाघेर भागेकी थिइन् । जेलको चारैतर्फ काँडेतारले घेरिएको र २४ घण्टा नै प्रहरीको निगरानीमा रहेको कारागारबाट उनी भागेकी थिइन्। नुवाकोटको विदुर नगरपालिकाकी २५ वर्षीया सपना १७ वर्षकै उमेरदेखि चोरी र डकैती कसुरमा पटक–पटक पक्राउ पर्दै र छुट्दै आएको प्रहरी अनुसन्धानका क्रममा खुलेको छ ।
सपना नाबालिग हुँदादेखि नै अपराध कर्ममा संलग्न भएको प्रहरीले बताएको छ ।




