सोमबार, ५जेठ २०८३/हेर्नुस् आजको राशिफल-
मेष: काम देखाएर अरूको मन लोभ्याउन सकिनेछ। मन अध्यात्म र दर्शनतर्फ आकर्षित बन्नेछ। नजिकका व्यक्तिको सहयोगबाट कार्य पूरा हुनेछ। व्यापार व्यवसायमा उन्नति हुनुका साथै आर्थिक वृद्धि हुने देखिन्छ।
भाग्यशाली रङ निलो र अंक ९ रहेको छ। प्रेम र सम्बन्धमा ८०, व्यापारमा ६६, सेयर बजारमा ६२, वैदेशिक कार्यमा ७८ र शिक्षामा ६५ प्रतिशत सफलता मिल्नेछ।
यसैगरी स्वास्थ्य अनुकूलता ६३, यात्राको योग ७० र सम्पूर्ण भाग्याङ्क ६९ प्रतिशत रहेको छ। यो राशि हुनेहरूले गणेशजीलाई स्मरण गरी कार्य प्रारम्भ गर्ने। अखाद्य वस्तुको सेवन नगर्ने।
वृष: जीवनसाथीको सल्लाहमा गरिएको कार्यमा सफलता मिल्नेछ। आफन्त र साथीभाइबाट सहयोग तथा हौसला प्राप्त हुनेछ। अरूलाई प्रभावित पारेर काम बन्नेछ। प्रेमिकाको सुझावअनुरूप नयाँ कार्य सम्पन्न गर्न सकिनेछ।
भाग्यशाली रङ पहेँलो र अंक ३ रहेको छ। प्रेम र सम्बन्धमा ५०, व्यापारमा ६४, सेयर बजारमा ७५, वैदेशिक कार्यमा ६९ र शिक्षामा ६५ प्रतिशत सफलता मिल्नेछ।
यसैगरी स्वास्थ्य अनुकूलता ७७, यात्राको योग ५१ र सम्पूर्ण भाग्याङ्क ६१ प्रतिशत रहेको छ। यो राशि हुनेहरूले बिघ्नहर्ता गणेशजीलाई स्मरण गरी कार्य प्रारम्भ गर्ने। खरानी रङको प्रयोग नगर्ने।
मिथुन: जिद्दीपनाले गर्दा काम बिग्रने डर छ। आफूले ठिक मानेर गरेको काममा आफैँलाई सन्तुष्टि नमिल्ला। यात्रामा सावधानी अपनाउनु पर्नेछ। प्रेम सम्बन्ध र प्रणय प्रसङ्गका लागि श्रेष्ठ समय छ।
भाग्यशाली रङ रातो र अंक २ रहेको छ। प्रेम र सम्बन्धमा ३८, व्यापारमा ४१, सेयर बजारमा ४०, वैदेशिक कार्यमा ३७ र शिक्षामा ४८ प्रतिशत सफलता मिल्नेछ।
यसैगरी स्वास्थ्य अनुकूलता ३९, यात्राको योग ४३ र सम्पूर्ण भाग्याङ्क ४२ प्रतिशत रहेको छ। यो राशि हुनेहरूले शिवजीलाई स्मरण गरी कार्य प्रारम्भ गर्ने। तामसिक भोजन नगर्ने।
कर्कट: उत्साहपूर्ण यात्रा रहनेछ। माया प्रेममा आत्मियताको बढोत्तरी पनि हुनेछ। रमणीय, सुखद र धार्मिक यात्राको योग छ। धनार्जनका नयाँ स्रोत पत्ता लाग्नेछन्। वैदेशिक कामबाट राम्रै सफलता मिल्नेछ।
भाग्यशाली रङ पर्पल र अंक ८ रहेको छ। प्रेम र सम्बन्धमा ५२, व्यापारमा ६७, वैदेशिक कार्यमा ७२ र शिक्षामा ६१ प्रतिशत सफलता मिल्नेछ।
यसैगरी स्वास्थ्य अनुकूलता ७१, यात्राको योग ५१ र सम्पूर्ण भाग्याङ्क ६८ प्रतिशत रहेको छ। यो राशि हुनेहरूले भैरवजीलाई स्मरण गरी कार्य प्रारम्भ गर्ने। झुट नबोल्ने।
सिंह: स्वादिष्ट परिकार खान पाइनेछ। धनार्जनका नयाँ स्रोत पत्ता लाग्नेछन्। काम देखाएर अरूको मन लोभ्याउन सकिनेछ। चिताएको कामले तीव्रता लिनेछ। रोकिएका काम सरासर अघि बढ्नेछन्।
भाग्यशाली रङ खैरो र अंक ७ रहेको छ। प्रेम र सम्बन्धमा ५४, व्यापारमा ६०, सेयर बजारमा ७३, वैदेशिक कार्यमा ५८ र शिक्षामा ६३ प्रतिशत सफलता मिल्नेछ।
यसैगरी स्वास्थ्य अनुकूलता ७५, यात्राको योग ५२ र सम्पूर्ण भाग्याङ्क ७८ प्रतिशत रहेको छ। यो राशि हुनेहरूले शिवजीलाई स्मरण गरी कार्य प्रारम्भ गर्ने। सेतो रङको प्रयोग नगर्ने।
कन्या: एउटै कामबाट दोहोरो लाभ मिल्नेछ। नयाँ कुरा खरिद गर्न सकिनेछ। प्राविधिक क्षेत्रबाट बढी सफलता मिल्नेछ। धार्मिक, सांस्कृतिक, दानपुण्य जस्ता कार्यमा सहभागी भइनेछ।
भाग्यशाली रङ हरियो र अंक ८ रहेको छ। प्रेम र सम्बन्धमा ५२, व्यापारमा ६६, सेयर बजारमा ६२, वैदेशिक कार्यमा ५६ र शिक्षामा ६२ प्रतिशत सफलता मिल्नेछ।
यसैगरी स्वास्थ्य अनुकूलता ७८, यात्राको योग ५६ र सम्पूर्ण भाग्याङ्क ६५ प्रतिशत रहेको छ। यो राशि हुनेहरूले हनुमानजीलाई स्मरण गरी कार्य प्रारम्भ गर्ने। उत्तर दिशा नजाने।
तुला: नियमित खर्च बढ्ने योग छ। ताकेअनुरूप काम नबन्नाले दिक्क लाग्ला। अध्ययनमा त्यति ध्यान दिन नसकिएला। झुटा आरोप खेप्नुपर्ला। साँझमा लगनशीलताले कामहरू अगाडि बढ्नेछन्। प्रेमीको साथ पाइनेछ।
भाग्यशाली रङ घ्यु रङ र अंक ६ रहेको छ। प्रेम र सम्बन्धमा ४४, व्यापारमा ३५, सेयर बजारमा ३६, वैदेशिक कार्यमा ४६ र शिक्षामा ३७ प्रतिशत सफलता मिल्नेछ।
यसैगरी स्वास्थ्य अनुकूलता ५४, यात्राको योग ३५ र सम्पूर्ण भाग्याङ्क ४९ प्रतिशत रहेको छ। यो राशि हुनेहरूले नवग्रहलाई स्मरण गरी कार्य प्रारम्भ गर्ने। खैरो रङको प्रयोग नगर्ने।
वृश्चिक: आफ्नै दक्षतामा विभिन्न कार्य सम्पन्न हुनेछन्। मनमा हर्ष, उमङ्ग र उत्साह छाउला। रमाइलो यात्राको योग छ। प्रेम सम्बन्धमा मधुरता छाउनेछ। एउटै कामबाट दोहोरो लाभ मिल्नेछ। बन्धुबान्धवबाट सहयोग मिल्नेछ।
भाग्यशाली रङ हरियो र अंक ९ रहेको छ। प्रेम र सम्बन्धमा ५२, व्यापारमा ६७, सेयर बजारमा ६१, वैदेशिक कार्यमा ५७ र शिक्षामा ६३ प्रतिशत सफलता मिल्नेछ।
यसैगरी स्वास्थ्य अनुकूलता ७९, यात्राको योग ७७ र सम्पूर्ण भाग्याङ्क ६७ प्रतिशत रहेको छ। यो राशि हुनेहरूले अग्रज व्यक्तिसँग सुझाव लिने। दक्षिण दिशाको यात्रा नगर्ने।
धनु: कुनै समाचारले मनमा खुसी छाउनेछ। आँटे-ताकेको कार्य विस्तारै अघि बढ्नेछ र पूरा हुनेछ। अध्ययन-अध्यापनको क्षेत्रमा प्रगतिको खबर सुन्न पाउनु हुनेछ। लामो समयदेखि रोकिएको कामको गाँठो फुक्नेछ।
भाग्यशाली रङ आकासे र अंक ३ रहेको छ। प्रेम र सम्बन्धमा ५७, व्यापारमा ६९, सेयर बजारमा ७०, वैदेशिक कार्यमा ५७ र शिक्षामा ६१ प्रतिशत सफलता मिल्नेछ।
यसैगरी स्वास्थ्य अनुकूलता ७१, यात्राको योग ५८ र सम्पूर्ण भाग्याङ्क ६९ प्रतिशत रहेको छ। यो राशि हुनेहरूले विष्णु भगवान्लाई स्मरण गरी कार्य प्रारम्भ गर्ने। कालो रङको प्रयोग नगर्ने।
मकर: आफन्तसँग भेटाघाट हुनेछ। नयाँ कार्यको योजना बन्नेछ र छोटो यात्रा हुनेछ। मनमा सेवा र सहयोगभाव आउला। कला, गला र सांस्कृतिक क्षेत्रको प्रभाव बढ्दै जानेछ। आहारविहारमा सजग रहनु पर्छ।
भाग्यशाली रङ घ्यु रङ र अंक २ रहेको छ। प्रेम र सम्बन्धमा ५२, व्यापारमा ६७, सेयर बजारमा ६२, वैदेशिक कार्यमा ५१ र शिक्षामा ६४ प्रतिशत सफलता मिल्नेछ।
यसैगरी स्वास्थ्य अनुकूलता ७३, यात्राको योग ५२ र सम्पूर्ण भाग्याङ्क ६५ प्रतिशत रहेको छ। यो राशि हुनेहरूले दुर्गाजीलाई स्मरण गरी कार्य प्रारम्भ गर्ने। हरियो रङको प्रयोग नगर्ने।
कुम्भ: दबाब र तनाव बढेको महसुस हुनेछ। मनमा उत्पन्न शंका तथा डरका कारण बनिसकेको काममा दुबिधा उत्पन्न हुन सक्छ। स्वास्थ्यमा केही बाधा व्यवधान रहन सक्छ। शरीर भारी र मन अस्थिर रहने संकेत देखिन्छ।
भाग्यशाली रङ सेतो र अंक १ रहेको छ। प्रेम र सम्बन्धमा ४७, व्यापारमा ४१, सेयर बजारमा ३९, वैदेशिक कार्यमा ४९ र शिक्षामा ४२ प्रतिशत सफलता मिल्नेछ।
यसैगरी स्वास्थ्य अनुकूलता ४४, यात्राको योग ३८ र सम्पूर्ण भाग्याङ्क ४० प्रतिशत रहेको छ। यो राशि हुनेहरूले लक्ष्मीजीलाई स्मरण गरी कार्य प्रारम्भ गर्ने। छलकपट नगर्ने।
मीन: धर्मकर्म, परोपकार, समाजसेवा जस्ता कार्यमा मन जानेछ। रोकिएका काम पुन: प्रारम्भ हुनेछन्। परीक्षा आदि प्रतिस्पर्धामा उत्तीर्ण हुन सकिनेछ। सामाजिक र वैदेशिक कार्य सहजै अघि बढ्नेछ।
भाग्यशाली रङ पहेँलो र अंक ८ रहेको छ। प्रेम र सम्बन्धमा ५४, व्यापारमा ७२, सेयर बजारमा ५५, वैदेशिक कार्यमा ५९ र शिक्षामा ६९ प्रतिशत सफलता मिल्नेछ।
यसैगरी स्वास्थ्य अनुकूलता ७०, यात्राको योग ४९ र सम्पूर्ण भाग्याङ्क ६६ प्रतिशत रहेको छ। यो राशि हुनेहरूले लक्ष्मीजीलाई स्मरण गरी कार्य प्रारम्भ गर्ने। भरिसक्के लामो यात्रा नगर्ने।




