मत्स्यनारायणमा भक्तजनको घुइँचो

हिमाल प्रेस ३ जेठ २०८३ ११:०१ | Sunday, May 17, 2026
6
SHARES
मत्स्यनारायणमा भक्तजनको घुइँचो

काठमाडौँ- आजदेखि पुरुषोत्तम महिना सुरु भएसँगै राजधानीको दक्षिण पश्चिम भागमा अवस्थित मत्स्यनारायण मन्दिरमा बिहानैदेखि भक्तजनको घुइँचो लागेको छ।

हरेक तीन वर्षमा पर्ने अधिकमासमा चन्द्रागिरी नगरपालिका–९ मा रहेको उक्त मन्दिरमा एक महिनासम्म मेला लाग्ने गर्छ। यो मेलालाई मत्स्यनारायण मेला पनि भनिन्छ । आज बिहानैदेखि भक्तजनको घुइँचो लागेको मत्स्यनारायण मेला व्यवस्थापन समितिको संयोजक अच्युत अधिकारीरले राससलाई जानकारी दिए।

मन्दिरसँगैको कुण्डमा स्नान गरी त्यसको मध्यभागमा रहेको भगवान् मत्स्यनारायणको दर्शन गरेमा पाप नास हुने जनविश्वास छ। साथै छालालगायत घाउ, खटिराको रोग पनि निको हुने मानिन्छ।

प्रकाशित: ३ जेठ २०८३ ११:०१ | Sunday, May 17, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

seventeen − 10 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast