प्रदर्शनरत फिल्म ‘मालती मङ्गले’का झुटो आरोप’ नामक गीत सार्वजनिक

हिमाल प्रेस २ जेठ २०८३ १०:४६ | Saturday, May 16, 2026
6
SHARES
प्रदर्शनरत फिल्म ‘मालती मङ्गले’का झुटो आरोप’ नामक गीत सार्वजनिक

काठमाडौँ- प्रदर्शनरत फिल्म ‘मालती मङ्गले’का झुटो आरोप’ नामक गीत सार्वजनिक भएको छ। रामकृष्ण ढकालको स्वर रहेको मर्मस्पर्शी गीत ‘झुटो आरोप’ मा गोपाल अधिकारीको शब्द तथा हरि लम्सालको संगीत रहेको छ। यस गीतमा रिकेश गुरुङको सङ्गीत संयोजन र चन्द्र चौधरीको मिक्सिङ तथा मास्टरिङ रहेको छ । फिल्मको कथावस्तुलाई थप जीवन्त बनाउने यो गीतले दर्शकलाई अझ बढी आकर्षित गर्ने निर्माण पक्षको विश्वास छ।

अंग्रेजी सबटाइटलसहित प्रदर्शन भइरहेको फिल्मको अग्रिम बुकिङ निकै उत्साहजनक रहेको छ । त्यस्तै, क्यानडा प्रदर्शनका लागि आँगन इभेन्ट्सले अधिकार खरिद गरिसकेको छ भने अन्य देशहरूमा पनि फिल्मको अधिकार ‘सोल्ड आउट’ भइरहेको र छिट्टै विस्तृत जानकारी दिइने निर्माता रामकृष्ण ढकालले बताएका छन् ।

फिल्म हेरेर बाहिरिएका अधिकांश दर्शकले यसलाई पेट मिचीमिची हँसाउनेदेखि लिएर आँखा रसाउनेसम्मको गहिरो भावनात्मक यात्रा गराउने ‘नेपालीपन बोकेको अब्बल मास्टरपिस’ को सङ्ज्ञा दिएका छन् । विशेष गरी अभिनेत्री वर्षा राउतको मर्मस्पर्शी अभिनय तथा अभिनेताद्वय विजय बराल र मेक्सम गौडेलको जीवन्त प्रस्तुतिले सबैको मन जितेको छ। दर्शकबाट प्राप्त यही मायाले फिल्मको बक्सअफिस यात्रा आगामी दिनमा थप रफ्तारमा अगाडि बढ्ने निश्चित देखिएको छ ।

रानी फिल्म्सको ब्यानरमा युनि इन्टरटेन्मेन्टको सहकार्यमा निर्माण भएको यस फिल्मलाई प्रकु पाण्डेयले निर्देशन गरेका हुन् । निर्देशक पाण्डेय स्वयंको कथा रहेको फिल्मको पटकथा तथा संवाद संयोग गुरागाईँले तयार पारेका हुन् ।

फिल्ममा विजय, वर्षा र मेक्समका साथमा प्रकाश घिमिरे, सरिता गिरी, नरिन थापा, मान्सु सापकोटा, सुस्मा निरौला र सुनिल तामाङको सशक्त अभिनय रहेको छ । सागर ज्ञवाली कार्यकारी निर्माता रहेको फिल्ममा बाबु सुवेदी, रबिन श्रेष्ठ, वेदना कर्माचार्य, पद्मावती गुरुङ, स्वीकृति बस्नेत र मिलन बजगाईँ सह-निर्माताका रूपमा रहेका छन् ।

प्रकाशित: २ जेठ २०८३ १०:४६ | Saturday, May 16, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

4 + thirteen =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast