काठमाडौँ- श्रम संस्कृति पार्टीको कोशी प्रदेश अध्यक्षमा प्रताप राई निर्वाचित भएका छन्। उपाध्यक्षमा सुनसरीका प्रतिभा सेख अन्सारी, उपाध्यक्षमा दुर्गा पोखरेल, एमके राई र राजेश दुलाल पनि निर्वाचित भएका छन्। सचिवमा दीपक तिम्सिना, सहसचिवमा नवीन राई, इन्दिरा राई र मनोज जिमि निर्वाचित भएका छन् ।
कोषाध्यक्षमा प्रमाण राडे, सहकोषाध्यक्षमा थोमस कुलुङ, प्रवक्तामा अभिनास लिम्बू निर्वाचित भएका छन् । सहप्रवक्तामा अमर लहार र हेम केलाङलाई निर्वाचित भएका छन्।
प्रकाशित: २ जेठ २०८३ ७:०० | Saturday, May 16, 2026
प्रतिक्रिया




