एन्फामाथिको निलम्बन फुकुवा

हिमाल प्रेस १ जेठ २०८३ १५:२९ | Friday, May 15, 2026
10
SHARES
एन्फामाथिको निलम्बन फुकुवा

काठमाडौँ- राष्ट्रिय खेलकुद परिषद् (राखेप) ले अखिल नेपाल फुटबल संघ (एन्फा) माथि लगाएको निलम्बन फुकुवा गरेको छ।

शिक्षा तथा खेलकुदमन्त्री सस्मित पाखरेल, राखेपका सदस्यसचिव रामचरित्र मेहता, मन्त्रीका खेलकुद सल्लाहकार सिद्धि व्यञ्जनकार, एन्फा महाचिव किरण राई, कोषाध्यक्ष रवीन्द्र जोशी र प्रवक्ता सुरेश शाहबीच शुक्रबार बसेको बैठकको सहमतिअनुसार निःसर्त निलम्बन फुकुवा गरिएको हो।

चैत ११ गते अर्ली इलेक्सन गर्न खोजेको, ऐन कानुन नमानेको लगायतका आरोप लगाउँदै राखेपले एन्फामाथि तीनमहिने नलम्बन गरेको थियो। फिफाले तत्काल निलम्बन विनासर्त फुकुवा नभए नेपालको अन्तर्राष्ट्रिय सदस्यता जोखिममा पर्ने चेतावनी दिँदै आएको थियो।

राखेपले भने फिफासँग भौतिक उपस्थितिको बैठक गरेर समस्याको निकाश खोज्न प्रस्ताव गरेको थियो। जसलाई फिफाले पत्राचार गरेपछि नेपाल सरकारले निलम्बन फुकुवा गरेको हो।

 

प्रकाशित: १ जेठ २०८३ १५:२९ | Friday, May 15, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

nine + one =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast