काठमाडौँ- ‘सांस्कृतिक योद्धा पूर्णप्रसाद ब्राह्मण’ नामक ग्रन्थको लोकार्पण गरिएको छ। वानीरा फाउन्डेसनले शताब्दी पुरुष सत्यमोहन जोशीको एक सय सातौँ जयन्तीका अवसरमा राजधानीमा आयोजना गरेको कार्यक्रममा महासमालोचक प्रा.डा.वासुदेव त्रिपाठीले उक्त ग्रन्थको लोकार्पण गरेका हुन्।
उक्त ग्रन्थ नरेन्द्रराज प्रसाईले लेखेका हुन्। ग्रन्थ ४२ वर्षअघि नरेन्द्रराज प्रसाईले पूर्णप्रसाद ब्राह्मणसित लिएको अन्तरवार्तामा आधारित छ।
ग्रन्थमाथि डा. त्रिपाठी र प्रा. केशव सुवेदीले बृहत् समीक्षा गरेका थिए। सो अवसरमा प्रमुख अतिथि डा. त्रिपाठीले पूर्णप्रसाद ब्राह्मण विषयक विद्याविरिधि गर्ने प्रा.डा. नुरापति पोखरेललाई सम्मान गरेका थिए।
वानीरा फाउन्डेसनका अध्यक्ष इन्दिरा प्रसाईको सभापतित्वमा सञ्चालित सो समारोहमा कावेरी जोशी, दिनेश शर्मा, सदस्यसचिव नरेन्द्रराज प्रसाई र कार्यक्रम संयोजक भगवती बस्नेतले शताब्दी पुरुष डा. सत्यमोहन जोशीको महिमा र नवकृतिबारे मन्तव्य प्रकट गरेका थिए।
‘सांस्कृतिक योद्धा पूर्णप्रसाद ब्राह्मण’ नइ एकेडेमीको १९३ औँ कृति रहेको एकेडेमीले जनाएको छ।



