आज पनि बढ्यो सुनको भाउ

हिमाल प्रेस ३१ वैशाख २०८३ ११:२८ | Thursday, May 14, 2026
6
SHARES
आज पनि बढ्यो सुनको भाउ

काठमाडौँ- बुधबारको तुलनामा स्थानीय बजारमा आज सुनचाँदीको मूल्यमा सामान्य वृद्धि भएको छ। सुन तोलामा रु ३०० र चाँदी रु ३५ ले बढेको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुनको मोल प्रतितोला तीन लाख दुई हजार ५०० र त्यति नै परिमाणको सेतो धातुको मूल्य रु पाँच हजार ७४५ कायम भएको छ । हिजो बुधबार छापावाल सुनको मोल प्रतितोला तीन लाख दुई हजार २०० र त्यति नै परिमाणको चाँदी रु पाँच हजार ७१० मा कारोबार भएको थियो । गत मङ्गलबार एक तोला छापावाल सुन रु तीन लाख दुई हजार ९०० र चाँदी रु पाँच हजार ६९५ मा खरिदबिक्री भएको थियो ।

अन्तरराष्ट्रिय सञ्चारमाध्यमका अनुसार आज अन्तरराष्ट्रिय बजारमा एक औँस सुन चार हजार ७०० र त्यति नै परिमाणको चाँदी ८७ अमेरिकी डलरमा कारोबार भइरहेको छ ।

प्रकाशित: ३१ वैशाख २०८३ ११:२८ | Thursday, May 14, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

twenty − 6 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast