काठमाडौँ- संघीय संसद्, राष्ट्रियसभामा आजबाट नीति तथा कार्यक्रममाथि छलफल हुनेछ । बिहान सवा ११ बजेका लागि बैठक बोलाइएको छ। प्रधानमन्त्री वालेन्द्र शाहले आर्थिक वर्ष २०८३/८४ का लागि सरकारले सोमबार प्रस्तुत गरेको नीति तथा कार्यक्रममाथि उठेका प्रश्नको जवाफ दिने सम्भावित कार्यसूची रहेको छ ।
बैठकमा अध्यक्षले नीति तथा कार्यक्रममा माथि पेस भएका संशोधन प्रस्ताव निर्णयार्थ पेस गर्ने सम्भावित कार्यसूची रहेको संसद् सचिवालयले जनाएको छ ।
अर्थ मन्त्री डा। स्वर्णिम वाग्लेले आर्थिक वर्ष २०८३/८४ का लागि विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकताका सम्बन्धमा ९कर प्रस्ताववाहेक० छलफलका लागि बैठकमा प्रस्ताव प्रस्तुत गर्नेछन् ।
प्रकाशित: ३१ वैशाख २०८३ ७:४२ | Thursday, May 14, 2026
प्रतिक्रिया



