काठमाडौँ- सुनको मूल्यमा आज गिरावट आएको छ। सुनको भाउ आज तोलामा सातसय रुपैया घटेर ३ लाख २ हजार २ सयमा झरेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ। गएको आइतबार र सोमबार लगातार घटेको सुनको भाउ हिजो तोलामा ४४ सय रुपैयाँ बढेर ३ लाख २ हजार ९ सय रुपैयाँ पुगेको थियो।
सुनको भाउ सोमबार तोलामा चारसय र आइतबार १ हजार रुपैयाँ घटेको थियो। तोलामा १५ रुपैयाँ बढेर चाँदीको भाउ आज ५ हजार ७१० रुपैयाँ पुगेको छ। हिजो तोलामा ३१० रुपैयाँ बढेर चाँदीको भाउ ५ हजार ६९५ कायम भएको थियो।
गएको माघ १५ गते एकैदिन तोलामा २० हजार पाँचसय रुपैयाँ बढेर सुनको भाउ तीन लाख ३९ हजार तीनसय रुपैयाँ पुगेको थियो। नेपाली बजारमा सुनको यो मूल्य हालसम्मकै सबैभन्दा उच्च हो। गएको माघ १८ गते चाँदीको मूल्य तोलामा १५ सय ६५ रुपैयाँ घटेको थियो। चाँदीको मूल्यमा आएको यो गिरावट हालसम्मकै सबैभन्दा उच्च हो।
माघ १५ गते भने चाँदीको भाउ सात हजार ५०५ रुपैयाँ पुगेको थियो। चाँदीको यो मूल्य अहिलेसम्मकै सबैभन्दा बढी हो।



