काठमाडौँ- कालिमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आज (बुधबार) का लागि कृषि उपजहरूको थोक मूल्य निर्धारण गरेको छ। कालिमाटीमा आज ठूलो भारतीय गोलभेँडा ८५, सानो लोकल गोलभेँडा ६४, रातो आलु लाम्चो २५, भारतीय आलु २३, भारतीय सुकेको प्याज ३७, लोकल गाँजर ५२, लोकल बन्दा ३०, स्थानीय काउली ५४, लाम्चो भन्टा ५५, डल्ले भन्टा ६५, हाइब्रिड मुला १७ रुपैयाँ प्रतिकिलो छ।
तनेबोडी १०७, लौका ४३, घिरौँला ९५, लोकल परबल ७५, हरियो डल्ले फर्सी ४५, पाकेको फर्सी ५५, कन्य च्याउ १८५, डल्ले च्याउ ३९५, कुरिलो ३५०, ब्रोकाउली १२० रुपैयाँ प्रतिकिलो छ।
कालिमाटीमा हिजो ठूलो भारतीय गोलभेँडा ८५, सानो लोकल गोलभेँडा ६५, रातो आलु लाम्चो २५, भारतीय आलु २३, भारतीय सुकेको प्याज ३८, लोकल गाँजर ५२, लोकल बन्दा ३०, स्थानीय काउली ५६, लाम्चो भन्टा ६०, डल्ले भन्टा ६७, हाइब्रिड मुला १६ रुपैयाँ प्रतिकिलो थियो।
तनेबोडी १०६, लौका ५५, घिरौँला ९०, लोकल परबल ७५, हरियो डल्ले फर्सी ४२, पाकेको फर्सी ५५, कन्य च्याउ २०७, डल्ले च्याउ ४२७, कुरिलो ४००, ब्रोकाउली १२८ रुपैयाँ प्रतिकिलो थियो।




