हिमपहिरोमा परी मकालु हिमालमा अमेरिकी आरोहीको मृत्यु

हिमाल प्रेस ३० वैशाख २०८३ ८:२२ | Wednesday, May 13, 2026
16
SHARES
हिमपहिरोमा परी मकालु हिमालमा अमेरिकी आरोहीको मृत्यु

संखुवासभा- मकालु हिमाल आरोहण गरी फर्किने क्रममा हिमपहिरोमा परी एक अमेरिकी आरोहीको मृत्यु भएको छ। जिल्ला प्रहरी कार्यालय संखुवासभाका डीएसपी कुमारप्रसाद मैनालीका अनुसार मकालु गाउँपालिका–२ क्षेत्रमा पर्ने मकालु हिमालको क्याम्प–३ र क्याम्प–२ बीच करिब ७ हजार २ सय मिटर उचाइमा हिमपहिरो जाँदा अमेरिकन नागरिक ५३ वर्षीया सेली जोहान्सन गम्भीर घाइते भएकी थिइन्।

घाइते अवस्थामै सोमबार बिहान करिब ८ बजे उनको मृत्यु भएको प्रहरीले जनाएको छ। घटनाबारे जानकारी सोमबार दिउँसो सेभेन समिट ट्रेक्स प्रालि काठमाडौंका कर्मचारी रोशन सिलवालमार्फत जिल्ला प्रहरी कार्यालय संखुवासभामा प्राप्त भएको थियो।

प्रहरीका अनुसार घटनास्थल अत्यन्त दुर्गम क्षेत्रमा पर्ने भएकाले तत्काल प्रहरी टोली पुग्न नसक्ने अवस्था रहेको छ। उक्त स्थानमा पुग्न मकालुबाट पैदल मात्रै करिब १५ दिन लाग्ने बताइएको छ।

प्रकाशित: ३० वैशाख २०८३ ८:२२ | Wednesday, May 13, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

twelve + twelve =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast