मण्डला ड्रामा स्कूल तेस्रो ब्याचका लागि आवेदन खुला

हिमाल प्रेस ३० वैशाख २०८३ ७:३९ | Wednesday, May 13, 2026
2
SHARE
मण्डला ड्रामा स्कूल तेस्रो ब्याचका लागि आवेदन खुला

काठमाडौँ- मण्डला थिएटर नेपालले आफ्नो १८ महिने आवासीय नाट्य प्रशिक्षण कार्यक्रम ‘मण्डला ड्रामा स्कूल– तेस्रो ब्याच’ का लागि आवेदन खुलाएको छ। नेपालभरिका युवा नाटककर्मी, लेखक, निर्देशक तथा सांस्कृतिक नेतृत्वकर्ता तयार गर्ने लक्ष्य राखिएको छ ।

मण्डला ड्रामा स्कूल नेपालकै एकमात्र दीर्घकालीन आवासीय नाट्य प्रशिक्षण कार्यक्रम हो। तेस्रो ब्याचले विशेषगरी व्यवाहारिक नाटक निर्माण प्रक्रिया, समावेशी कथा प्रस्तुति, समुदायसँगको सहकार्य तथा सामाजिक सरोकारयुक्त रंगकर्ममा केन्द्रित प्रशिक्षण प्रदान गर्नेछ। कार्यक्रममा अभिनय, निर्देशन, नाटक लेखन, सहभागितामूलक रंगमञ्च, प्राविधिक पक्ष तथा उत्पादन प्रक्रियासम्बन्धी गहन अभ्यास गराइनेछ।

यस कार्यक्रममा नेपालका सातै प्रदेशबाट १४ जना (प्रत्येक प्रदेशबाट २ जना) सहभागी छनोट गरिनेछन्। प्रशिक्षण सम्पन्न भएपछि सहभागीहरूले आफ्ना प्रदेशमा स्थानीय मुद्दामा आधारित मौलिक नाटक निर्माण गर्नेछन्, जुन पछि नेपाल अन्तर्राष्ट्रिय नाट्य महोत्सव तथा सम्बन्धित प्रादेशिक महोत्सवहरूमा मञ्चन गरिनेछ ।

 

प्रकाशित: ३० वैशाख २०८३ ७:३९ | Wednesday, May 13, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

eight − 7 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast