स्नो रिभर्सको आईपीओ खुल्यो

हिमाल प्रेस २९ वैशाख २०८३ १२:१५ | Tuesday, May 12, 2026
2
SHARE
स्नो रिभर्सको आईपीओ खुल्यो

काठमाडौँ- स्नो रिभर्स लिमिटेडले सर्वसाधारणका लागि आजदेखि आईपीओ निष्कासन गरेको छ। कम्पनीले पहिलो चरणमा आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दा तथा वैदेशिक रोजगारीमा रहेका नेपालीहरूका लागि निष्कासन गरेको आईपीओ बाँडफाँट गरेपछि दोस्रो चरणमा सर्वसाधारणका लागि निष्कासन गरेको हो।

कम्पनीले जारी पुँजी ९३ करोड ७५ लाख रूपैयाँको २० प्रतिशत अर्थात १८ करोड ७५ लाख रूपैयाँ बराबरको १८ लाख ७५ हजार कित्ता सेयर निष्कासन गर्ने अनुमति पाएको थियो। जसमध्ये ९ लाख ३७ हजार ५०० कित्ता सेयर आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दाहरूका लागि र ९३ हजार ७५० कित्ता सेयर नेपाल सरकारको सम्बन्धित निकायबाट श्रम स्वीकृति प्राप्त गरी विदेशमा रोजगार गरी रहेका नेपालीहरूका लागि निष्कासन गरि बाँडफाँट गरिसकेको छ।
त्यस्तै, कम्पनीले ४६ हजार ८७५ कित्ता सेयर सामूहिक लगानी कोषहरूका लागि र १८ हजार ७५० कित्ता सेयर कर्मचारीहरूका लागि निष्कासन गरि बाँडफाँट गरिसकेको छ।

दोस्रो चरणमा कम्पनीले प्रतिकित्ता १०० रूपैयाँ अंकित मूल्यका ७ करोड ७८ लाख १२ हजार ५०० रूपैयाँ बराबरको ७ लाख ७८ हजार १२५ कित्ता शेयर सर्वसाधारण लगानीकर्ताहरूका लागि निष्कासन गरेको हो। सो आईपीओमा न्यूनतम १० कित्ताका लागि आवेदन दिनु पर्नेछ भने अधिकतममा १ हजार कित्ताका लागि आवेदन दिन सकिनेछ।

उक्त आइपिओमा जेठ १ गतेसम्म आवेदन दिन सकिनेछ उक्त समयसम्म सम्पूर्ण कित्ताको लागि आवेदन नपरेमा बिक्री अवधि जेठ १२ गतेसम्म लम्बिनेछ। कम्पनीलाई इक्रा नेपालले ‘इक्रा एनपी इस्युअर रेटिङ डबल बी प्लस’ प्रदान गरेको छ। यसले कम्पनीको दायित्व बहन गर्ने क्षमतामा मध्यम जोखिम रहेको जनाउँछ। कम्पनीको सेयर निष्कासन तथा बिक्री प्रबन्धक सानिमा क्यापिटल लिमिटेड रहेको छ।

प्रकाशित: २९ वैशाख २०८३ १२:१५ | Tuesday, May 12, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

six − 3 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast