फाइल तस्बिर
काठमाडौँ- माध्यमिक शिक्षा परीक्षा एसईईको नतिजा सार्वजनिक गरिएको छ ।
परीक्षा नियन्त्रण कार्यालय सानोठिमीमा पत्रकार सम्मेलन राष्ट्रिष परीक्षा बोर्डले आज परीक्षा सकिएको २९औं दिनमा साँझ नतिजा सार्वजनिक गरेको हो । नतिजा अनुसार झण्डै ६६ प्रतिशत विद्यार्थी उत्तीर्ण भएका छन् ।
यसपटक परीक्षा केन्द्रमै उत्तरपुस्तिका परीक्षण गर्ने व्यवस्था मिलाइएको थियो । यस वर्ष नियमिततर्फ चार लाख ४१ हजार ५६६ जनाले र ग्रेड वृद्धितर्फ ७० हजार ८५५ जनाले परीक्षाका लागि फारम भरेका थिए ।
प्रकाशित: २९ वैशाख २०८३ ६:२९ | Tuesday, May 12, 2026
प्रतिक्रिया



