मदन-आश्रित स्मृति दिवस मनाउन प्रदेश र जिल्ला कमिटीलाई एमाले केन्द्रको सर्कुलर

हिमाल प्रेस २८ वैशाख २०८३ १३:११ | Monday, May 11, 2026
10
SHARES
मदन-आश्रित स्मृति दिवस मनाउन प्रदेश र जिल्ला कमिटीलाई एमाले केन्द्रको सर्कुलर

काठमाडौँ-  नेकपा एमालेले दिवंगत नेता मदन भण्डारी र जीवराज आश्रितको जेठ ३ गते मनाइने स्मृति दिवस प्रभावकारी रूपमा मनाउन सर्कुलर जारी गरेको छ। पार्टी केन्द्रले प्रदेश र जिल्ला कमिटीलाई सर्कुलर जारी गर्दै दिवस मनाउन निर्देशन दिएको हो।

महासचिव शंकर पोखरेलले एक सर्कुलर पठाउँदै दुई नेताहरूको विचार, योगदान र जनतासँगको सम्बन्धलाई थप सुदृढ बनाउन आफ्नो अनुकूलतामा कार्यक्रम बनाउन विभिन्न जनसंगठनलाई पनि तोकेरै निर्देशन पठाएका छन्।

पार्टी केन्द्रीय कार्यलयबाट प्राप्त जानकारी अनुसार काठमाडौँमा मदन नगर बल्खुमा कार्यक्रम आयोजना जेठ ३ गते बिहान ७।४५ बजे कार्यक्रम आयोजना गरिने भएको छ। उक्त कार्यक्रममा पार्टी केन्द्र, उपत्यका मातहतका कमिटी,जनसंगठनका काठमाडौँमा उपलब्ध सम्पूर्ण कार्यकर्तालाई अनिवार्य उपस्थित हुने भनिएको छ।

प्रदेश तथा जिल्लामा मदन आश्रितका योगदानको चर्चा गर्ने,बिचार गोष्ठी गर्ने,सञ्चार माध्यममा जनताको वहुदलीय जनवादका बारेमा परिसंवाद आयोजना गर्न एमालेले निर्देशन पठाएको छ। यस्तै वृक्षारोपण, रक्तदान, स्वास्थ्य शिविर, कैदीबन्दी भेट्ने, अस्पतालमा बिरामी भेट्ने तथा फलफूल वितरण गर्ने र मदन आश्रितका तस्विर सार्वजनिक स्थलमा सजाएर राख्न पनि निर्देशन दिएको छ।

महासचिव पोखरेलले पठाएको सर्कुलरमा उल्लेख भए अनुसार अनेरास्ववियूलाई हरेक माध्यमिक विद्यालय परिसर बाहिर मदन आश्रितलाई चिनाउने फोटो प्रदर्शनी, पर्चा र पम्पलेट प्रदर्शन गर्न भनिएको छ।

युवा संघलाई हरेक पालिकामा मार्च पास गर्न भनिएको छ । अनेम संघलाई हरेक घरका ज्येष्ठ महिलालाई भेट्न निर्देशन गरिएको छ। अखिल नेपाल किसान संघका कार्यकर्ताले आफ्नो बारी वा सार्वजनिक स्थलमा फलफूलका दुईवटा विरुवा रोप्न भनिएको छ।

प्रकाशित: २८ वैशाख २०८३ १३:११ | Monday, May 11, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

18 − eighteen =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast