‘छक्का पञ्जा ४’को गीत ‘दर्शन सलाम’ ट्रेन्डिङमा

हिमाल प्रेस १७ माघ २०७९ १३:०५ | Tuesday, January 31, 2023

काठमाडौँ- फिल्म ‘छक्का पञ्जा ४’ को पहिलो गीत ‘दर्शन सलाम’ सार्वजनिक भएको छ। गीतमा डेभिड शंकर र सहिमा श्रेष्ठको स्वर छ। गीत राजेन्द्र थापाको शब्द र दीपक शर्माको संगीतमा बनेको छ।

गीतमार्फत निर्वाचनको समयमा भोट मागिने शैलीलाई व्यंग्य गरिएको छ। भिडियोमा कलाकार दीपकराज गिरी, दीपाश्री निरौला, स्वस्तिमा खड्का, केदार घिमिरे, बुद्धि तामाङ, राज आचार्य, निर्मल शर्मालगायत कलाकार देखिएका छन्।

सार्वजनिक भएको २४ घण्टा नहुँदै गीत नेपाली युट्युबको ट्रेन्डिङमा परेको छ। समाचार लेख्दासम्म गीत ट्रेन्डिङमा ६ नम्बरमा उक्लिएको छ। ६  लाखभन्दा बढी भ्युज गीतले पाइसकेको छ।

अभिनेता दीपकराज गिरी नेताको भूमिकामा छन्। सुर्केथैली चिन्ह लिएर निर्वाचनमा उठेका छन्। आफूले सोचेजति भोट आए-नआएको गन्न भन्दै उनले गीतको अन्तिममा मतमेटिका र निर्वाचन अधिकृतलाई कब्जा गरेको दृश्य देखाइएको छ।

नरेन्द्र मैनालीको छायांकन रहेको फिल्ममा निमेष श्रेष्ठको सम्पादन छ। हेमराज विसीको निर्देशन रहने फिल्म फागुन १९ मा प्रदर्शनमा आउनेछ।

प्रकाशित: १७ माघ २०७९ १३:०५ | Tuesday, January 31, 2023

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

10 − seven =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast