सुर्खेत– कर्णाली प्रदेशको राजधानी सुर्खेतको वीरेन्द्रनगर नगरपालिकाको ५०औँ स्थापना दिवसका अवसरमा नगरपालिकाले हिमालप्रेसकर्मी रमा केसीसहित सातजना पत्रकारलाई सम्मान गरेको छ।
पत्रकारिताका माध्यमबाट सञ्चार क्षेत्रमा पुर्याएको योगदानको कदर गर्दै उनीहरूलाई पुरस्कृत गरिएको नगरपालिकाले जनाएको छ।
वीरेन्द्रनगर नगरपालिकाका प्रमुख मोहनमाया ढकाल, उपप्रमुख नीलकण्ठ खनाल र प्रमुख प्रशासकीय अधिकृत लक्ष्मीप्रसाद बास्कोटाले नगद रकम र कदरपत्रले सम्मान गरेका हुन्।
२०३३ सालमा स्थापना भएको वीरेन्द्रनगरले शुक्रबार ५०औँ वार्षिकोत्सव मनाएको छ।
प्रकाशित: २५ वैशाख २०८३ १७:०८ | Friday, May 8, 2026
प्रतिक्रिया



