सिताके च्याउ किलोको हजार रुपैयाँ

हिमाल प्रेस २५ वैशाख २०८३ ९:२० | Friday, May 8, 2026
10
SHARES
सिताके च्याउ किलोको हजार रुपैयाँ

काठमाडौँ- कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले केही विशेष कृषि उपजको मूल्य उल्लेख्य रूपमा महँगो भएको जनाएको छ।

समितिले सार्वजनिक गरेको मूल्यसूचीअनुसार कन्य च्याउ प्रतिकिलो २६० रुपैयाँ, डल्ले च्याउ ४५० रुपैयाँ तथा राजा च्याउ ३२० रुपैयाँ कायम भएको छ। सबैभन्दा महँगो सिताके च्याउ प्रतिकिलो १ हजार रुपैयाँ पुगेको छ।

त्यस्तै कुरिलो प्रतिकिलो ५०० रुपैयाँ, कोइरालो ३५० रुपैयाँ, पार्सले ३०० रुपैयाँ र गुन्द्रुक पनि प्रतिकिलो ३०० रुपैयाँ तोकिएको छ।

ब्रोकाउली ११० रुपैयाँ, सजीवन १५० रुपैयाँ, सेलरी १२० रुपैयाँ, पुदिना ११० रुपैयाँ र इमली १८० रुपैयाँ कायम भएको समितिले जनाएको छ।

तामा र तोफु दुवै प्रतिकिलो १५० रुपैयाँमा कारोबार भइरहेको छ।

प्रकाशित: २५ वैशाख २०८३ ९:२० | Friday, May 8, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

2 × four =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast