आज गोलभेँडा प्रतिकिलो ९५ रुपैयाँमा कारोबार

हिमाल प्रेस २५ वैशाख २०८३ ९:१५ | Friday, May 8, 2026
6
SHARES
आज गोलभेँडा प्रतिकिलो ९५ रुपैयाँमा कारोबार

काठमाडौँ- कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि कृषिउपजको थोक मूल्य निर्धारण गरेको छ।

समितिका अनुसार ठूलो भारतीय गोलभेँडा प्रतिकिलो ९५ रुपैयाँमा कारोबार भइरहेको छ भने सानो लोकल र तराई गोलभेँडा प्रतिकिलो ६० रुपैयाँ कायम गरिएको छ।

आलु रातो प्रतिकिलो २८ रुपैयाँ तथा भारतीय आलु २३ रुपैयाँ तोकिएको छ। यस्तै भारतीय सुकेको प्याज प्रतिकिलो ४० रुपैयाँ रहेको समितिले जनाएको छ।

त्यसैगरी, गाजर (लोकल) प्रतिकिलो ६० रुपैयाँ, तराई गाजर ३५ रुपैयाँ, बन्दा ३५ रुपैयाँ र स्थानीय काउली ६० रुपैयाँ कायम भएको छ। सेतो मूला ३० रुपैयाँ, लाम्चो भन्टा ६६ रुपैयाँ र डल्लो भन्टा ८० रुपैयाँमा बिक्री भइरहेको छ।

बोडी १३० रुपैयाँ, घिउ सिमी ९० देखि १०० रुपैयाँ, भटमास कोसा १७० रुपैयाँ, करेला ६० रुपैयाँ, लौका ६० रुपैयाँ तथा भिन्डी ९० रुपैयाँ तोकिएको छ।

रायोसाग ८० रुपैयाँ, पालुङ्गो १०० रुपैयाँ र हरियो प्याज १५० रुपैयाँ प्रतिकिलो निर्धारण गरिएको समितिले जनाएको छ।

प्रकाशित: २५ वैशाख २०८३ ९:१५ | Friday, May 8, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

twenty − five =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast