प्रधानन्यायाधीश सिफारिससँगै संसदीय सुनुवाइ समितिको कार्यविधि तय

हिमाल प्रेस २५ वैशाख २०८३ ६:२९ | Friday, May 8, 2026
12
SHARES
प्रधानन्यायाधीश सिफारिससँगै संसदीय सुनुवाइ समितिको कार्यविधि तय

काठमाडौँ- संघीय संसद्, सुनुवाइ समितिको बिहीबारको बैठकले बैठक सञ्चालनसम्बन्धी कार्यविधि तय गरेको छ।

संवैधानिक परिषद्ले भावी प्रधानन्यायाधीशमा डा.मनोज शर्माको नाम सिफारिस गरेसँगै समितिले त्यसबारे औपचारिकपत्र प्राप्त भएपछि सुनुवाइ प्रक्रिया आरम्भ गर्नेछ।

प्रतिनिधिसभा र राष्ट्रियसभाको संयुक्त समितिका रूपमा रहेको यो समितिको पहिलो बैठकले सभापतिमा बोधनारायण श्रेष्ठलाई चयन गरेपछि कार्यसूचीगत रूपमा पहिलोपटक बिहीबार बैठक भएको हो।

समितिका सदस्यसचिव तुलबहादुर कँडेलले समितिको बैठक र सुनुवाइको कार्यविधि तय भएसँगै अब काम अघि बढाउन सहज भएको बताए।

कार्यकारिणीले सार्वजनिक महत्त्वका पदमा नियुक्तिका लागि प्रस्ताव गरेका व्यक्तिहरू तथा पदाधिकारीहरूको दक्षता, क्षमता र इमान्दारिता व्यवस्थापिकाद्वारा परीक्षण गरी कार्यपालिकालाई व्यवस्थापिकाप्रति उत्तरदायी र जवाफदेही तुल्याउने लोकतान्त्रिक पक्रियालाई संसदीय सुनुवाइ मानिन्छ।

प्रकाशित: २५ वैशाख २०८३ ६:२९ | Friday, May 8, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

2 × three =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast