काठमाडौँ- संघीय संसद सचिवालयले विद्युतीय हाजिरी प्रयोजनका लागि सांसदहरुको बायोमेट्रिक विवरण संकलन गर्न सुरु गरेको छ।
संघीय संसदअन्तर्गत विभिन्न बैठकहरुमा उपस्थितिको हाजिरी विद्युतीय माध्यमबाट अभिलेखन गर्ने प्रयोजनका लागि संसद सचिवालयले बायोमेट्रिक विवरण संकलन गर्न सुरु गरेको हो।
संसद बैठक र संसदीय समितिमा यसअघि कागजी हाजिरी गर्ने गरिएकोमा अब भने बिद्युतीय हाजिरी प्रणाली सुरु गरिने समेत संसद सचिवालयले जनाएको छ।
बायोमेट्रिक विवरणसँगै सांसदहरूको औपचारिक तस्बिर खिचिने भएकाले सांसदहरूलाई औपचारिक पोशाकमा संघीय संसदको लोगो लगाएर उपस्थित हुन समेत सचिवालयले अनुरोध गरेको छ।
सांसदहरुको बायोमेट्रिक विवरण संकलन गर्ने कार्य वैशाख २८ गतेसम्म जारी रहने सचिवालयले जानकारी दिएको छ।
प्रकाशित: २४ वैशाख २०८३ १४:२६ | Thursday, May 7, 2026
प्रतिक्रिया



