६ थान एक नाले बन्दुक बरामद

हिमाल प्रेस २४ वैशाख २०८३ १२:१३ | Thursday, May 7, 2026
6
SHARES
६ थान एक नाले बन्दुक बरामद

म्याग्दी- धवलागिरी गाउँपालिका-४ बगरको जंगलबाट इजाजत नभएका ६ थान भरुवा बन्दुक बरामद भएको छ। इलाका प्रहरी कार्यालय दरवाङ र ताकम प्रहरी चौकीको संयुक्त टोलीले बुधबार जंगलमा लुकाएर राखेको अवस्थामा ६ थान एक नाले भरुवा बन्दुक बरामद गरेको हो।

प्रहरी निरीक्षक सागर तिमिल्सिनाले वन्यजन्तुको अवैध चोरी शिकारी र अपराध नियन्त्रणका लागि सञ्चालित ‘ब्राबोसेरा’ अभियानअन्तर्गत बन्दुक बरामद गरेर इलाका प्रहरी कार्यालय दरवाङमा ल्याइएको जानकारी दिए।

२०८२ मंसिर १५ गतेदेखि सुरु भएको ‘ब्राबोसेरा’ अभियानमार्फत हालसम्म १४२ थान इजाजत नभएका बन्दुक बरामद भएको उनले जानकारी दिए।

ढोरपाटन शिकार आरक्ष, अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना र सामुदायिक वनमा वन्यजन्तुको चोरी शिकारीका साथै आपसी विवाद र झैझगडामा प्रयोग हुने जोखिम भएकाले अवैध बन्दुक बरामद गर्ने अभियान चलाएको प्रहरी नायब उपरीक्षक सूर्यबहादुर थापाले बताए।

अवैध बन्दुक बरामद गर्न सञ्चालन भएको अभियानलाई म्याग्दी प्रहरीले ‘ब्राबोसेरा’ नाम दिएको छ। स्थानीयवासीको सूचना तथा सहयोगमा जङ्गल, रुखका टोड्का, खोल्सा, मासिन नबस्ने घर गोठ तथा जमिनमा गाडेको अवस्थामा बन्दुक बरामद गरिएको हो।

प्रशासनबाट अनुमति लिएर व्यक्तिगत सुरक्षाको प्रयोजनका लागि हतियार राख्न पाउने व्यवस्था छ।

प्रशासनबाट इजाजत नलिई हातहतियार राख्नेलाई पाँच वर्षसम्म कैद सजाय र रु ५० हजारसम्म जरिवाना हुने कानुनी व्यवस्था छ। अवैध बन्दुक बरामद गर्ने अभियान जारी राख्ने र त्यस्ता बन्दुक भएको सूचना उपलब्ध गराउन म्याग्दी प्रहरीले अनुरोध गरेको छ।

प्रकाशित: २४ वैशाख २०८३ १२:१३ | Thursday, May 7, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

two × 2 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast