विद्युतको तारबाट करेन्ट लाग्दा खोटाङमा एकको मृत्यु

हिमाल प्रेस २४ वैशाख २०८३ ८:५९ | Thursday, May 7, 2026
12
SHARES
विद्युतको तारबाट करेन्ट लाग्दा खोटाङमा एकको मृत्यु

खोटाङ- चुँडिएर जमिनमा झरेको विद्युतको तारबाट करेन्ट लाग्दा खोटाङमा एकको मृत्यु भएको छ। चुँडिएर जमिनमा झरेको विद्युतको तार छुन पुग्दा दिप्रुङ चुइचुम्मा गाउँपालिका–४ बतासेका ४३ वर्षीय आनन्द राईको मृत्यु भएको हो । मल बोक्न गएकोबेला चुँडिएर जमिनमा झरेको तार छुँदा राईको घट्नास्थलमै मृत्यु भएको बतासेका वडाध्यक्ष बबेन्द्र राईले बताए ।

राईले नेपाल विद्युत प्राधिकरणका प्राविधिकको सल्लाहमा बेलाबेलामा ट्रान्समिटरको फ्युँज फेर्ने काम गर्दैआएका थिए । वैशाख २२ गते भने विद्युतको तार छिनेर भुईं‌मा झरेको देखेर चेक गर्नेक्रममा राईलाई करेन्ट लागेको वडाध्यक्ष राईले बताए । विद्युतको तार हावाहुरीले चुँडाएर जमिनमा झारेको अनुमान गरिएको छ ।

शवलाई पोष्टमार्टमका लागि जिल्ला अस्पताल दिक्तेल लैजाने तयारी भइरहेको छ । मृतकको तीन छोरा र एक छोरी छन् ।

प्रकाशित: २४ वैशाख २०८३ ८:५९ | Thursday, May 7, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

3 × two =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast