चितवनमा एक वर्षमा मरे ६ पाटेबाघ

हिमाल प्रेस २३ वैशाख २०८३ १४:५९ | Wednesday, May 6, 2026
8
SHARES
चितवनमा एक वर्षमा मरे ६ पाटेबाघ फाइल तस्बिर

चितवन- चितवन राष्ट्रिय निकुञ्जमा चालु आर्थिक वर्षमा ६ वटा पाटेबाघ मृत फेला परेका छन्। सोमबार निकुञ्ज क्षेत्रको सिजीघाट नजिकबाट अन्दाजी दुई वर्षको भालेबाघ मृत भेटिएसँगै मरेका बाघको सङ्ख्या ६ पुगेको हो।

बाघको आक्रमणबाट सो बाघ मरेको निकुञ्जका सूचना अधिकारी अविनाश थापामगरले जानकारी दिए। उनका अनुसार यस वर्ष मृत भेटिएका बाघमध्ये दुई वटा भाले, तीन वटा पोथी र एउटाको पहिचान हुन सकेको छैन।

मृत भेटिएका बाघमध्ये दुई वटा जुधेर मरेका हुन्। तीन वटा उद्धार गरिराखेको अवस्थामा मरेका हुन् भने एउटा प्राकृतिक कारणले मरेको उनले जानकारी दिए।

अघिल्लो गणनाअनुसार यस निकुञ्जमा १२८ वटा बाघ रहेका थिए। यस वर्ष गरिएको गणनाको नतिजा सार्वजनिक गरिएको छैन।

प्रकाशित: २३ वैशाख २०८३ १४:५९ | Wednesday, May 6, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

14 + 15 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast