काठमाडौँ- नेपाल उद्योग वाणिज्य महासंघ (एफएनसीसीआई) अध्यक्षमा जिम्मेवारीमा अञ्जन श्रेष्ठ आएका छन्। महासंघको विधानको व्यवस्थाअनुसार यसअघिको निर्वाचनमा वरिष्ठ उपाध्यक्ष बनेका उनी स्वत: अध्यक्षको जिम्मेवारीमा पुगेका हुन्।
महासंघमा उनको संलग्नता करिब २४ वर्षअघिदेखि सुरु भएको हो। श्रेष्ठ २०५९ सालमा महासंघमा कार्यसमिति सदस्यका रूपमा प्रवेश गरेपछि विभिन्न जिम्मेवारीमा सक्रिय थिए। उनले राजस्व समिति उपसभापति, उद्योग समिति सभापति र रोजगारदाता परिषद सदस्यको भूमिका निर्वाह गरे।
महासंघको ५७औं साधारणसभाबाट उनी वरिष्ठ उपाध्यक्षमा निर्वाचित भएका थिए।
प्रकाशित: २३ वैशाख २०८३ ६:४८ | Wednesday, May 6, 2026
प्रतिक्रिया



