महासंघका पदाधिकारीसँग आपूर्तिमन्त्रीले भने- भारतसँग कुरा भइसक्यो गहुँ आयात चाँडै खुल्छ

हिमाल प्रेस १६ माघ २०७९ १८:१८ | Monday, January 30, 2023
महासंघका पदाधिकारीसँग आपूर्तिमन्त्रीले भने- भारतसँग कुरा भइसक्यो गहुँ आयात चाँडै खुल्छ

काठमाडौँ– नेपाल उद्योग वाणिज्य महासंघका पदाधिकारीसँग उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले भारतसँग कुरा भइसकेकाले गहुँ आयात तत्काल खुल्ने बताए। नेपाल उद्योग वाणिज्य महासंघको प्रतिनिधिमण्डलले सोमबार सिंहदरबारमा मन्त्री भण्डारीसँग भेटवार्ता गरी उद्योग, व्यवसायमा देखिएका समस्या राखेका थिए।

महासंघका पदाधिकारीले भारतले गहुँ निर्यात रोक्दा नेपाली मैदा मिलहरू समस्यामा परेको धारणा राखे। महासंघका अध्यक्ष शेखर गोल्छाले यसको निराकरणका लागि सरकारबाट यथाशीघ्र पहल हुनुपर्ने माग राखे।

गोल्छाले अस्थिर ब्याजदरका कारण विशेषगरी साना व्यवसायी अत्यन्त प्रताडित भएको पनि बताएका थिए। साथै साना तथा मझौला उद्यमीका लागि महासंघले सहयोग केन्द्र तथा वैदेशिक लगानी सहायता केन्द्र स्थापना गरेकाले सरकारसँग सहकार्यका लागि आग्रह गरे।

महासंघले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को आशन्न भारत भ्रमणका क्रममा नयाँदिल्लीमा नेपाल–भारत लगानी सम्मेलन आयोजना गर्ने र त्यसमा भारतस्थित महासंघको साझेदार संस्था सीआईआई सहआयोजक रहने कार्यक्रम रहेकाले मन्त्रालयको सहयोगसमेत आग्रह गरेको छ।

यो पनि 

भारतबाट गहुँ नआउँदा अधिकांश उद्योग बन्द हुने अवस्थामा

प्रकाशित: १६ माघ २०७९ १८:१८ | Monday, January 30, 2023

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

six + sixteen =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast