काठमाडौँ- काठमाडौं । सशस्त्र प्रहरी बल, नेपालका नवनियुक्त महानिरीक्षक (आईजीपी) नारायणदत्त पौडेलले दर्ज्यानी चिह्न लगाएका छन् । सोमबार (वैशाख २१) बिहान गृह मन्त्रालयमा आयोजित एक समारोहमा सचिव राजकुमार श्रेष्ठले उनलाई दर्ज्यानी चिह्न लगाइदिएका हुन् ।
योसँगै पौडेलको कार्यकाल आधिकारिक रूपमा सुरु भएको छ । उनी सशस्त्र प्रहरीका १३औँ आईजीपी हुन् । यही वैशाख १४ गते बसेको मन्त्रिपरिषद्को बैठकबाट एआईजी पौडेललाई आईजीपीमा बढुवा गरिएको थियो । यसअघिका आईजीपी राजु अर्यालले चारवर्षे कार्यकाल पूरा गरी वैशाख १८ मा अवकाश लिएका थिए ।
प्रकाशित: २१ वैशाख २०८३ १०:२४ | Monday, May 4, 2026
प्रतिक्रिया



