बारामा गहुँ उत्पादनमा २० प्रतिशतले कमी

हिमाल प्रेस २० वैशाख २०८३ १७:१६ | Sunday, May 3, 2026
12
SHARES
बारामा गहुँ उत्पादनमा २० प्रतिशतले कमी

बारा- यसवर्ष मौसम अनुकूल नभएकाले गहुँ बाली उत्पादनमा २० प्रतिशतले कमी आएको छ। जिल्लास्थित कृषि ज्ञान केन्द्रका अनुसार मौसम अनुकूल नहुँदा गहुँ उत्पादनमा १७ हजार ९८० मेट्रिकटनले कमी आएको हो।

केन्द्रका प्रमुख राजनारायण साहले आर्थिक वर्ष २०८२/८३ मा किसानले २९ हजार हेक्टर क्षेत्रफलमा विभिन्न जातका गहुँखेती गर्दा प्रतिहेक्टर तीन दशमलव एक मेट्रिकटन उत्पादन हुनुपर्नेमा दुई दशमलव ४८ मेट्रिकटन भएको जानकारी दिए।

उनका अनुसार चालु आवमा ७१ हजार ९२ मेट्रिकटन गहुँ उत्पादन भएको छ। उत्पादित गहुँ स्तरीय भएकाले कलैयासहित आसपासका बजारमा प्रतिक्विन्टल रु चार हजारका दरले बिक्री भएको केन्द्रका कृषि अर्थविज्ञ गणेश महराले जानकारी दिए।

उनका अनुसार गत आवमा रु चार अर्ब दुई करोड ५६ लाख ६० हजार बराबरको ९६ हजार ६२० मेट्रिकटन गहुँ उत्पादन भएको थियो।

प्रकाशित: २० वैशाख २०८३ १७:१६ | Sunday, May 3, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

19 − 13 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast