‘कम्युनिस्ट एकता गरेर समाजवादको यात्रा सुरु गछौँ’

हिमाल प्रेस २० वैशाख २०८३ १४:५५ | Sunday, May 3, 2026
14
SHARES
‘कम्युनिस्ट एकता गरेर समाजवादको यात्रा सुरु गछौँ’ फाइल तस्बिर

काठमाडौँ– नेपाली कम्युनिष्ट पार्टी (नेकपा) का संयोजक एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले क्रान्तिको सपना अझै पूरा नभएको बताएका छन्।

रुकुम पश्चिमको मुसिकोट नगरपालिका–१० खर्सुपानीमा आयोजित सहिद कामी बुढा स्मृति पार्क उद्घाटन कार्यक्रममा उनले सबै कम्युनिस्टहरू एकताबद्ध भएर क्रातिको सपना पूरा गरिने बताए।

‘हामी समाजवादको यात्रामा अगाडि बढ्ने भनेर लागिरहेका छौँ, त्यसका लागि विभिन्न कम्युनिस्ट समूह एकताबद्ध भएर समाजवादको एउटा नयाँ यात्रा सुरु गर्न नेकपा बनाएका छौँ। अब बाँकी रहेका कम्युनिस्टलाई पनि एकताबद्ध गर्छौं,’ प्रचण्डले भने।

उनले पछिल्ला उपलब्धिलाई थप व्यवस्थित गर्न शान्ति सम्झौता र संविधानसभा पक्षधर सबै राजनितिक दललाई मिलाएर अगाडि बढाइने बताए।

प्रकाशित: २० वैशाख २०८३ १४:५५ | Sunday, May 3, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

one × one =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast