फिल्म ‘एक मुठ्ठी बादल’को ‘रेल घुम्यो घुम्तीमा’को र्‍याप भर्सन गीत सार्वजनिक

हिमाल प्रेस १९ वैशाख २०८३ १३:१४ | Saturday, May 2, 2026
फिल्म ‘एक मुठ्ठी बादल’को ‘रेल घुम्यो घुम्तीमा’को र्‍याप भर्सन गीत सार्वजनिक

काठमाडौँ- फिल्म ‘एक मुठ्ठी बादल’को गीत ‘रेल घुम्यो घुम्तीमा’को लिरिकल र्‍याप भर्सन सार्वजनिक गरिएको छ। जेठ १ गतेबाट देशव्यापी प्रदर्शनमा आउने ‘एक मुठ्ठी बादल’मा लोकलयमा आधारि र्‍याप भर्सन गीत समावेश गरिएको हो।

सुमित पाठकको संगीत रहेको गीतमा मीना पोखरेल, इन्द्रकला राई र स्यामी डी रियल जीको स्वर छ भने शब्द हर्क साउदले लेखेका हुन् । नेपाल आइडल सिजन–२ का उपविजेता सुमितले यसै फिल्ममार्फत फिल्म संगीतमा डेब्यु गरेका हुन् ।

सहारा शर्माको लेखन तथा निर्देशनमा बनेको फिल्ममा आँचल शर्मा, निशा शर्मा, उषा रजक, भिमा मैनाली, अस्मिता गौतम, शेखर चापागाईं, मनिष निरौला, सहयोग अधिकारी, गौरव विष्ट र अविरल प्रताप अधिकारीलगायत कलाकारको अभिनय रहेको छ ।

अभिमन्यु दीक्षित निर्माता रहेको फिल्ममा निकुन श्रेष्ठ कार्यकारी निर्माता हुन् । जर्मन निर्माता सारा फाजिलात, सामीप्य राज तिमल्सेना र अनुप पौडेल पनि निर्माण टिममा आबद्ध छन् ।

लिन्ह डान गुयेन फानको छायांकन, यशस्वी सभरवालको प्रोडक्सन डिजाइन, गौरव मल्लिकको सम्पादन, अग्रणी ठकुरी झाको कला निर्देशन, जानकी कडायतको भेषभूषा र कीर्ति जोशीको मेकअप रहेको छ । मर्णा जेम्स प्रमुख सहायक निर्देशक रहेकी छन् भने शर्मिला आले र मीरा खड्काले सहायक निर्देशकका रूपमा काम गरेका छन् ।

महिलाको नेतृत्वमा निर्माण भएको यस फिल्मलाई गौंथली इन्टरटेनमेन्ट र मन प्रोडक्सनले निर्माण गरेका हुन् । नेपालमा फिल्मको वितरण आरआर फिल्म्सले गर्नेछ ।

 

प्रकाशित: १९ वैशाख २०८३ १३:१४ | Saturday, May 2, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

five × 1 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast