फाइल तस्बिर
काठमाडौँ- नेकपा (माओवादी केन्द्र)को स्थायी समिति बैठक पर्सि बुधबार मात्रै बस्ने भएको छ।
आन्तरिक गृहकार्य टुंग्याएर स्थायी समिति बैठक मंगलबारबाट बस्ने तयारी थियो। तर, आन्तरिक गृहकार्य नटुंगिएको भन्दै बुधबारसम्मका लागि स्थायी समिति बैठक सारिएको हो।
माओवादीले स्थायी समिति बैठक धकेलेर पदाधिकारी बैठक बोलाएको थियो। समसामयिक विषयमा तत्काल छलफल गर्न भन्दै माओवादीले पदाधिकारी बैठक राखेको हो।
‘गृह मन्त्रालयको विषयले पदाधिकारी बैठकमा प्रवेश पाएन, त्यो सरकारको विषय हो,’ उपाध्यक्ष कृष्णबहादुर महराले भने, ‘पर्सि बस्ने स्थायी कमिटीमा छलफल होला।’
भोलि (मंगलबार) पनि पदाधिकारी बैठक बस्ने उनले बताए।
प्रकाशित: १६ माघ २०७९ १५:०५ | Monday, January 30, 2023
प्रतिक्रिया





