ढोरपाटनका किसानलाई अनुदानमा यान्त्रिक हलो

हिमाल प्रेस १८ वैशाख २०८३ १३:०६ | Friday, May 1, 2026
8
SHARES
ढोरपाटनका किसानलाई अनुदानमा यान्त्रिक हलो

बागलुङ- ढोरपाटन नगरपालिकाले यहाँका ४८ जना किसानलाई ५० प्रतिशत अनुदानमा यान्त्रिक हलो प्रदान गरेको छ।

किसानलाई आधुनिकतासँग जोडेर उत्पादन बढाउन नगरपालिकाले अनुदानमा यान्त्रिक हलो उपलब्ध गराएको हो।

नगरपालिकाका नौवटै वडाका व्यावसायिक खेती गर्दै आएका किसानलाई हलो उपलब्ध गराइएको हो। हलो खरिद गर्न रु २४ लाख खर्च भएको उपप्रमुख धनबहादुर कायतले जानकारी दिए।

ढोरपाटनका अधिकांश भागमा आलु, सिमीलगायत सागसब्जीखेती हुँदै आएको छ। अनुदानमा यान्त्रिक हलो पाएपछि किसान खुसी भएका छन्।

प्रकाशित: १८ वैशाख २०८३ १३:०६ | Friday, May 1, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

5 × two =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast